दफा ४९
मालसामान हस्तान्तरणमा ढिलाइ भएको मानिने
देहायको समयभित्र प्रापकलाई मालसामान हस्तान्तरण गर्न नसकेमा मालसामान हस्तान्तरणमा ढिलाइ भएको मानिनेछ:ः-

(क) मालसामान बुझाउनु पर्ने समय निर्धारण भएकोमा त्यसरी निर्धारित समयभित्र,

(ख) खण्ड (क) बमोजिम समय निर्धारण नभएकोमा रेल्वे रसिद जारी भएको मितिले तीस दिनभित्र ।